अनेरास्ववियु निर्वाचनमा मतदान समय थपियो

Date:

२९ जेठ, काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा मतदानको समय थप गरिएको छ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलन अन्तर्गतको निर्वाचनमा सुरुमा दिउँसो ४ बजेसम्म मतदान हुने भनिए पनि प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले साँझ ७ बजेसम्मका लागि समय थपिएको सूचना सार्वजनिक गरेका छन्।

निर्वाचन प्रक्रिया केही ढिला सुरु भएको कारण समय थप गरिएको हो। उम्मेदवारी हिजो साँझमात्र दर्ता भएको थियो भने उम्मेदवारहरूको अन्तिम नामावली मतदान सुरु हुनु केहीअघि मात्र सार्वजनिक गरिएको थियो।

मतदानका लागि ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरिएको छ। अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।

1 टिप्पणी

Leave a Reply to Bitstarz casino उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...