कामको सिलसिलामा लाग्ने रोगहरूलाई कानुनी संरक्षण, नयाँ सूची राजपत्रमा प्रकाशित

Date:

काठमाडौँ, साउन २७ – सरकारले पहिलोपटक काम गर्ने क्रममा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को रूपमा कानुनी मान्यता दिएको छ। यस अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार व्यवसायजन्य रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको छ।

यो निर्णयले कार्यस्थलमा हुने धुलो, रसायन, कोलाहल र कामको प्रकृतिबाट उत्पन्न हुने स्वास्थ्य समस्यालाई व्यक्तिगत स्तरको नभई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था मिलाएको छ। यसले लाखौं श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने र रोजगारदातालाई सुरक्षित कार्यस्थल बनाउन जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

व्यवसायजन्य रोगहरूलाई आठ श्रेणीमा विभाजन गरिएको छ, जसमा रासायनिक, भौतिक, जैविक एजेन्टहरूबाट हुने रोगहरू समावेश छन्। रासायनिक एजेन्टहरूको कारण हुने रोगहरूमा क्रोमियम, सिसा, मर्करी, बेन्जिन, विभिन्न ग्यासहरू र फार्मास्युटिकल एजेन्टहरूको सम्पर्कबाट हुने समस्याहरू पर्दछन्। भौतिक कारणका रोगहरूमा श्रवणशक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने समस्या रहेका छन्।

जैविक तत्वबाट सर्ने रोगहरूमा हेपाटाइटिस, एचआईभी, क्षयरोग, ब्रुसेलोसिस लगायतका संक्रमणहरू पर्दछन्, जुन विभिन्न कार्यस्थल र जनावरहरूको सम्पर्कमा आउन सक्छन्। श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, दीर्घकालीन पल्मोनरी रोग समावेश छन्।

छाला र हाडजोर्नी सम्बन्धी रोगहरूमा छालामा हुने एलर्जी, डर्माटाइटिस, कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस लगायतका रोगहरू छन्। मानसिक तथा व्यवहारिक रोगहरूमा आघातपछिको तनाव र मानसिक समस्याहरू देखिएका छन्, विशेष गरी कामको सिलसिलामा भएको दुर्घटना वा हिंसाका कारण।

व्यवसायजन्य क्यान्सरको रूपमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, विभिन्न रासायनिक तत्व र विषाक्त पदार्थहरूको सम्पर्कमा आउने कामलाई जोखिमयुक्त मानिएको छ।

श्रम ऐन, २०७४ अनुसार कुनै व्यवसायजन्य रोग लागेमा रोजगारदाताले उपचार खर्च व्यहोर्नु पर्नेछ भने उपचार सम्भव नभएमा क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छ। यस नयाँ नियमले श्रमिकहरूको स्वास्थ्य अधिकार सुरक्षित गर्दै काम गर्ने वातावरणलाई थप सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...