‘कुलिङ अफ पिरियड’ मा अनियमितता? संसदीय छानबिन समितिलाई थप एक हप्ता

Date:

काठमाडौं, साउन ९ — संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा संशयपूर्ण हेरफेर भएको भन्दै गठित संसदीय विशेष छानबिन समितिलाई कार्यअवधि थप गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको म्याद एक साताका लागि थप गर्ने प्रस्ताव पेस गरेपछि सभाले सर्वसम्मतिले स्वीकृति दिएको हो।

उक्त समिति असार २३ गते बसेको प्रतिनिधिसभाको निर्णय अनुसार गठन गरिएको हो, जसले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था कसरी परिवर्तन गरियो भन्नेबारे अनुसन्धान गरिरहेको छ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एकजना सदस्य सहभागी छन्। समितिले असार २३ देखि २१ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने म्याद पाएको थियो।

तर अनुसन्धानका लागि समय पर्याप्त नभएको भन्दै समितिले समय थप गर्न अनुरोध गरेको थियो, जसलाई आजको बैठकले स्वीकृति दिएको हो। अब समितिले आगामी ७ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...