काठमाडौं, भदौ २४ — पोखरा महानगरपालिकाको भवन जेन–जी प्रदर्शनकारीहरूको नियन्त्रणमा पुगेको छ। प्रदर्शनकारीहरूले कार्यालयभित्र प्रवेश गरी आगजनी गरेका छन्। प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेपछि सुरक्षा बल पछि हटेका छन्।
महानगरभित्र रहेका सवारीसाधन बाहिर निकालेर आगजनी गरिएको र केही तोडफोड गरिएको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरू भवन वरिपरि जम्मा छन्।
स्थानीय प्रशासन र सुरक्षा निकायले हाल स्थिति नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्, तर जेन–जीको भीड व्यापक र आक्रामक भएकोले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपरेको छ।



