त्रिविमा अध्ययन बिदा दुरुपयोग : छानबिन अन्तिम चरणमा

Date:

काठमाडौं, २३ जेठ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)का अध्ययन बिदामा गएका तर निर्धारित समयमा फर्किन नसकेका वा नफर्किएका प्राध्यापकको छानबिन अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोगका घटना बढेपछि अनुसन्धान अघि बढाएको हो।

रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालका अनुसार अध्ययन बिदाको नाममा विदेश गएका तर फर्किन नआएका प्राध्यापकको सूची तयार भइसकेको छ र अहिले ती विवरणहरू प्रमाणित (रुजु) गर्ने काम भइरहेको छ। छानबिन समिति छिट्टै प्रतिवेदन बुझाउने तयारीमा रहेको उनले जानकारी दिए।

छानबिनको नेतृत्व डा. जीवन काफ्लेले गरेका छन्। समितिले विभिन्न क्याम्पस भ्रमण गरेर बिदा लिई फर्किन नआएका प्राध्यापकको विवरण संकलन गरेको छ।

त्रिविमा प्रचलित नियमअनुसार प्राध्यापकले पाँच वर्षसम्मको तलबी अध्ययन बिदा लिन पाउँछन्। तर, बिदा सकिएपछि बराबर अवधिसम्म सेवामा फर्किनुपर्ने प्रावधान छ। तीन वर्षको बिदा लिएकाहरूले कम्तीमा तीन वर्ष सेवा गर्नुपर्ने र त्यो भन्दा धेरै बिदा लिएका प्राध्यापकले पाँच वर्ष सेवा गर्नुपर्ने अनिवार्यता छ।

यदी प्राध्यापकले यो शर्त उल्लंघन गरेमा, उनीहरूले बिदा अवधिको सम्पूर्ण तलब भत्ता १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। तर, व्यवहारमा धेरै प्राध्यापकले न सेवा गरे न नै रकम फिर्ता गरेका छन्, जसले विश्वविद्यालयलाई ठूलो आर्थिक र शैक्षिक क्षति पुर्‍याएको छ।

पछिल्लो १० वर्षको तथ्यांक अनुसार ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन्। तर, तीमध्ये कति फर्किए, कति पढाई नसकिकन फर्किए वा कतै हराए भन्ने स्पष्ट अभिलेख त्रिविसँग छैन। प्रारम्भिक अनुमान अनुसार अध्ययन बिदामा दिइएको तलब मात्र दुई अर्ब रुपैयाँभन्दा बढी खर्चिएको छ।

यो दुरुपयोगले त्रिविको शैक्षिक तथा नैतिक छवि खल्बल्याएको छ। अध्ययन बिदा सम्बन्धी यथार्थ पत्ता लगाउने यो छानबिनले विश्वविद्यालयमा आवश्यक नीति तथा संरचनागत सुधारका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...