सुमन योगेश
डिई
सडक डिभिजन, भक्तपुर
सडक डिभिजन, भक्तपुरको कार्यालय एउटा पुरानो घरमा अवस्थित थियो । यहाँ डिईको रुपमा सुमन योगेश आगमनपछि नयाँ बिल्डिङ बनेको छ।बाटोहरू अहिले भताभुङ्ग भएका छन् । तर यो अवस्था पुननिर्माणको लागि हो । गतअसोजमा आएको बाढी पहिरोका कारणले खासगरी काभ्रे जिल्लामा रहेको बीपी राजमार्गलाई धेरै नै क्षति पुर्यायो । अरनिको राजमार्गमा पनि क्षति पुग्यो । अहिले सडक डिभिजन भक्तपुर यिनै दुईवटा निर्माणमा अग्रसर छ । त्यस्तै सूर्यविनायक–धुलिखेल सडकमा उच्चस्तरमा काम भइरहेको छ । सडकको काम किन वर्षामासमा धेरै हुन्छ ? सडक विभागले सडकको क्वालिटी चेक गर्छ गर्दैन । यस्तै विषयमा सडक डिभिजन भक्तपुरका डिई सुमन योगेशसँग सिटी न्यूजले गरेको कुराकानी ः–
डिईसर, यहाँसडक डिभिजन, भक्तपुरमा आएपछि यहाँको अफिसको मुहार नैफेिरयो। यसैगरी पुल र सडकहरू पनि सुधार हुँदैछन्कि कस्तो अवस्थामा छन्सर ?
हामी बाटो पनि बनाउँदै छौं भक्तपरुर काभ्रे दुई हेर्छौं यहाँबाट हामीले । बाटोघाटोमा काम भइरहेको छ । अहिले कालोपत्रे पनि भइरहेको छ । काभ्रे जिल्लामा गत असोजमा बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा अहिले हामीले काम गरेर यो वर्षामासमा पनि यातायात सञ्चालन हुने हिसाबले काम गरिरहेका छौं । त्यसै गरी त्यसको पुननिर्माणको लागि हामीले ठेक्का सूचना निकालेर अहिले मूल्यांकन गर्दैछौं । अब असोज महिना भित्र पुननिर्माणको काम पनि सरुु हुन्छ र दुई वर्ष भित्रमा हामीले त्यो काम पनि सक्छौं ।
यहाहँरूको याजेना त राम्रो छ । तर ठकेदोरहरूले राम्ररी काम गरेको ढेखिदँनै । राडे सबै भत्किएको छ । जनताले सास्ती खपेका छन्। किसानको उत्पादित फसल मार्केटसम्म पुर्याउन पनि कठिन भएको छ । यो सडक डिभिजनको अफिसजस्तो सडक कहिले होला नि ?
यस्तो हुन्छ, पुराना स्टकचरहरू जहाँ हामीले अपग्रेड गर्छौं, स्तरोन्नति गर्ने ठाउँमा त पुरानो स्टकचरहरू अथवा बाटोहरू पिच छ त्यो भत्काउनै पर्यो। त्यो भत्काएर नयाँ बनाउनलाई केही समय लाग्छ । एक वर्ष अथवा डेढ वर्ष, दुई वर्ष त्यसको जसरी हामीले समयावधि तोकेका हुन्छौं त्यो हिसाबले समय लाग्छ । त्यो समय लाग्ने क्रममा हिलो हुने, धुलो उड्ने यस्तो केही समय त हुन्छ नि । तर त्यसलाई पनि म्यानेज गरेर कन्ट्रयाक्टरले ठेक्का बमोजिम त्यसलाई म्यानेज गरेर यात्रुहरूलाई सहज बनाउनु पर्ने हो । तर कहीँ कहीँ चाहिँ केही कमजोरी देखिन्छ । अब यही साँगातिर नै भनौं न बनाउने क्रममा कहिले हिलो हुन्छ, कहिले धुलो हुन्छ तर ग्राबेल गरिसकेपछि ८–१० दिनमा त्यो पनि ठिक हुन्छ । अनि सरर दौडिनि भइहाल्छ । त्यही भएर केही दिनलाई दुःख हुन्छ । त्यसलाई म्यानेज गर्नुपर्छ । निर्माण व्यवसायीले कहीँ कहीँचाहिँ लापरबाही पनि गरेको देखिन्छ ।
ठेकेदारहरूलाई भनेबमोजिम पैसा दिइएको हुन्छ । तर उनीहरू असाध्यै लापरबाहीपूर्ण तरिकाले काम गर्छन्। सडक डिभिजनले उनीहरूको कामको मूल्यांकन नै गदर्नै । त्यसले ठेकेदोरहरूले कमजोर सामान प्रयोग गर्ने गदर्छन्। त्यसैले के हुन्छ भने सडक बन्न पाएको छैन भत्किन थालिहाल्छ । यसमा तपाईंहरूले उनीहरूको कामको निरीक्षण, सामान क्वालिटी छ कि छैन, त्यसको मूल्यांकन र लापरबाहीपुर्ण गर्नेठके दोरलाईकारबाही गर्न सकिँदैन ?
सकिन्छ । क्वालिटी कन्ट्रोल गर्न सकिन्छ । हामीले क्वालिटी कन्ट्रोल गर्छौं पनि । त्यसको लागि छट्टुै हामीकहाँ ल्याब पनि छ । त्यसैको लागि इन्जिनियर, सब इन्जिनियर छन् । यहाँ पाँच जना इन्जिनियर र १२ जना सब–इन्जिनियर छन् । त्यसै गरी सम्बन्धित साइडमा काम हेर्नलाई त्यो काम हेर्ने सीप लिएका सपुरभाइजरहरू पनि राख्छौं ।टेक्निकल मानिस नै सपुरभाइजर राखेर पनि हामीले काम गराउँछौं । समयसमयमा त्यहाँ गर्ने टेस्टहरू पनि फिल्डमा गर्ने टेस्ट त्यहीँ फिल्डमा नै गर्ने गर्छौं । बाँकी ल्याबमा ल्याएर गर्नुपर्ने टेस्टहरू जस्तो मेटेरियल्सहरू बोकेर ल्याउनुपर्ने भयो, जस्तो काष्टिङ गरेको चिजहरू ल्याउनु पर्यो भने पनि हामी त्यो ल्याएर हाम्रो ल्याबमा पनि टेस्ट गर्छौं । ल्याबमा गरेको टेस्टमा यदि त्यसमा फेल हुने भयो अथवा त्यहाँबाट ल्याएको मेटेरियल्सहरू ठीक छैन भने त्यो हामीले चेन्ज पनि गराउँछौं । कहीँ काम गरिसकेको छ तर मिलेन भने त्यसलाई भत्काएर फेरि पनि बनाउन लगाउँछौं । त्यसकारणले हामीले क्वालिटी हेर्दै नहेर्ने होइन, क्वालिटी हेर्छौं । क्वालिटी पुगिसकेपछि मात्र हामीले त्यो काम एसेप्ट गरेर अनि मात्र भुक्तानी दिन्छौं ।
तपाईं एकदमै प्रभावशाली डिई हुनुहुन्छ । तपाईं आएपछि नै यहाँका सडकहरूमा सुधार हँदुछै , यही भवन निर्माण पनि तपाईंको भुमिका असाध्यै छ । तपाईंको आगामी याजेना के छ नि ?
म आएको आठ नौ महिना भयो । यसबीचमा भक्तपुरमा काम राम्रो भइरहेको छ । त्यसमा समस्या छैन । काभ्रे जिल्लामा मैले अघि पनि भनेँ त्यहाँ गत असोज महिनामा आएको बाढी पहिरोले बीपी राजमार्ग र अरनिको राजमार्गमा निकै नै क्षति पुर्यायो । यसलाई बनाउन केही समय लाग्यो सरकारको प्रक्रिया पुर्याउँदा । समय लागे पनि हामीलाई बजेट पनि प्राप्त भयो । बजेट आएपछि त्यसमा ठेक्का गरेर काम गराउने हो यसमा मुख्य च्यालेन्जिङ कामचाहिँ काभ्रे जिल्लाको अरनिको राजमार्ग र बीपी राजमार्गमा अगाडि बढाउने हो । यसमा हामीले प्लान गरेर नै अगाडि बढेका छौं । अब दुई वर्षभित्रमा हामीले पहिलाको भन्दा बेटर, जस्तो पहिला पाँच मिटर चौडाइको बाटो थियो । अब हामीले त्यसलाई डबल लेनको बाटो बनाउँछौं र त्यस्तो बाढी पहिरोले पनि क्षति गर्न नसक्ने किसिमको त्यो खालको डिजाइन गरेर हामीले बाटो निर्माण गर्छौं ।
योनिर्माणकोकाम प्रायः वर्षायाममा नै बढी हुन्छ किन होला नि ?
वर्षामा मात्र होइन अरु बेला पनि हुन्छ । तपाईंहरू वर्षा मासमा पनि काम भइरहेको छ भन्नुहुन्छ तर वर्षामा पनि काम त गर्नै पर्यो अब जाडो महिनामा पनि गर्छौं । वर्षामा त कमै हुन्छ । जस्तो जाडो महिनामा अति नै जाडो भयो भने त्यसमा हामीले हाम्रो टेक्नोलोजीअनुसार पिच गर्ने गर्छौं, तर त्यो पिच गर्नुभन्दा पहिलो काम जस्तो सब बेस हाल्ने, बेस हाल्ने, त्यसपछि वालहरू बनाउने, नालाहरू बनाउने त्यो काम सँगसँगै गर्छौं । त्यसपछि घाम लागेको बेलामा जस्तो भनौं न चैत, वैशाख जेठ महिनामा हामीले प्रायःजसो पिच गर्ने कामहरू सरुुदेखि पुस माघदेखि गर्दै आइसकेपछि पिच गर्छौं । अबवैशाखमा नै पानी पर्यो भने सुरुदेखि नै पानी परेजस्तो भयो । अब साउन – भदौमा त हामीले कहीँ पनि पिच गर्दैनौं । किनभने साउन–भदौमा जहिले पनि पानी परिराख्ने भयो । वैशाख र जेठमा पानी पर्छ भनेर हामीले कल्पना पनि गरेको हुँदैन । जस्तो अब अहिले घाम लाग्यो भने मजाले गर्न सकिन्छ अब एकछिन्पछि पानी पर्यो भने तपाईंहरूले पानी परिरहेको छ काम पनि गरिरहेको भनेर भन्नहुुन्छ ।
सर ! अब जनगनुासोकेछ भनेसडक डिभिजन पानी परेको बेलामा काम गर्छ। अनि पछि पानी परेर बगायो भन्छ । के त्यस्तै गरी काम हुने हो ? के बजेट पचाउन नै त्यस्तो काम गरे जस्तो गरिदिने चलन नै हो?
त्यस्तो होइन । कहिलेकाहीँ कस्तो हुन्छ भने एक वर्षभित्र काम सक्ने गरी बजेट आएको हुन्छ धेरै ठाउँमा । हामीकहाँ त वहुवर्षीय हुन्छ । त्यसमा समस्या भएन । तर हामीकहाँ त्यस्तो एक वर्षभित्र सक्ने खालको पनि हुन्छ। त्यो एक वर्षभित्रमा सक्ने कुनै खालको योजना आएको छ भने त्यसलाई ठेक्का व्यवस्थापन गरेर काम अगाडि बढाउँदै जाँदा सकभर वैशाख– जेठभित्र सक्ने प्लान हुन्छ । तर केही समस्या बीचमा भएर रोकियो भने अलिकति पर सर्ने हो । काम सम्पन्न भइसकेपछि त्यसको क्वालिटी, क्वान्टिटी सबै चेक गरेर सबै ठीक छ भने मात्र भुक्तानी दिने हो । क्वालिटी पनि छैन, केही पनि छैन भने हामी कहाँ त्यस्तो गर्छौं, त्यस्तो गर्दैनौं ।



