देशका लागि प्रधानमन्त्रीले के के गेम चेन्जर कामको निर्देशन दिए?

Date:

काठमाडौँ, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई नयाँ र युगान्तकारी (गेम चेन्जर) काम ल्याउन निर्देशन दिएका छन्।

सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले मुलुकको उत्पादकत्व बढाउन र गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न तीव्रताका साथ काम गर्न जरुरी रहेको बताए।

प्रधानमन्त्रीले दैलेखमा मिथेन ग्यासको परीक्षण उत्पादन, चीन निर्यातका लागि व्यावसायिक भैंसी पालन, अर्ग्यानिक खेती अभियान, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने, ज्येष्ठ नागरिकको संवाद भवन बनाउनेजस्ता योजनाहरूमा विशेष ध्यान दिन सुझाएका छन्। साथै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना, रङ्गशाला निर्माण, रेल र सुरक्षा प्रेस सञ्चालन, महत्त्वपूर्ण सडक तथा द्रुतमार्ग निर्माण, योग–आरोग्यताको प्रवर्द्धन र मापदण्ड अनुसार कर्मचारी सरुवा व्यवस्थापनमा पनि जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई आफ्ना मन्त्रालयहरूमा मौलिक र माइस्टोन स्तरका परिवर्तनकारी कामहरूको योजना बनाउन भने र भदौको अन्त्यसम्ममा ती योजना निर्धारण गरेर अघि बढाउने प्रस्ताव राखेका छन्। यसले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने दिशामा नवीनता र गति थप्ने अपेक्षा गरिएको छ।

यो निर्देशन अन्तर्गत चालु आर्थिक वर्षका लागि मुख्य काम र उपलब्धिका विषयमा मन्त्रीहरू र प्रधानमन्त्रीबीच कार्यसम्पादन सम्झौता पनि गरिएको छ। यस किसिमको योजना र कार्यान्वयनले मुलुकमा दिगो विकास र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...