‘द भ्वाइस किड्स’ को चौथो सिजनका सेमिफाइनलिस्टहरू को को?

Date:

काठमाडौं, साउन ११ — लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजनमा १६ जना प्रतिभाशाली प्रतियोगी सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। यस सिजनका चारजना कोचहरूले प्रत्येकको टिमबाट ४-४ जना गरी कुल १६ प्रतिस्पर्धीलाई सेमिफाइनलमा छानेका हुन्।

आगामी साता हुने सेमिफाइनल प्रतियोगिताबाट ८ जना फाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेलबाट एक जना विजेताको घोषणा गरिने निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिएका छन्।

सेमिफाइनलमा पुगेका प्रतियोगीहरूको समूह यस प्रकार छ:

  • टीम खेम सेन्चुरी: निर्देशिका अछामी, दिलिजा रुवाली, आदित्य राई, आदर्श धिताल
  • टीम मेलिना राई: सोनाली राजभण्डारी, श्रीयान रसाइली, नोरेन लोय क्षेत्री, आयश्री लकान्द्री
  • टीम मिलन नेवार: सोनम श्रेष्ठ, निश्चल लिम्बु, आलिया अधिकारी, अ‍ैयन राई
  • टीम सत्यराज आचार्य: स्मायन बजगाईं, श्रीजय महत, रिदम खड्का, प्रज्वल पौडेल

यो सिजनले नयाँ प्रतिभाहरूलाई मञ्चमा ल्याउँदै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...