नन्दन र सोमपालको घातक बलिङपछि रोहितको शतकले बनायो खेल नेपालतर्फ

Date:

काठमाडौं, भदौ १४ — अस्ट्रेलिया भ्रमण अन्तर्गतको अभ्यास खेलमा नेपालले शानदार जित निकालेको छ। कप्तान रोहित पौडेलको अविजित शतकको मद्दतमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलिया ४५ ओभरमै २४२ रनमा अलआउट भयो। विपक्षीका लागि ह्यारी मानेन्तीले ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ रन तथा म्याकेन्जी हार्भेले २४ रनको योगदान गरे। नेपालका बलरमध्ये नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट हात पारे भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।

२४३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपाल सुरुमा दबाबमा परेको थियो। १६१ रनमा ८ विकेट गुमाएपछि खेल साउथ अस्ट्रेलियातर्फ झुक्ने संकेत देखिएको थियो। तर, कप्तान रोहित पौडेलले धैर्यतापूर्वक ब्याटिङ गर्दै १०१ रनको अविजित शतक पूरा गरे। अन्तिम चरणमा उनलाई सोमपाल कामीले साथ दिए, जसले अविजित ४० रन बनाए। दुवैबीचको अर्धशतकीय साझेदारीले नेपाललाई लक्ष्य भेटाउन सहयोग गर्‍यो।

नेपालले ५ बल बाँकी रहँदा लक्ष्य पार गर्दै रोमाञ्चक जित दर्ता गरेको हो। यसअघि टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको थियो। तर, यो जितले आगामी विश्वकप छनोटको तयारीमा टिमलाई आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ।

नेपालले अष्ट्रेलिया टुरलाई विश्वकप छनोटतर्फको ठोस अभ्यासको रूपमा हेरिएको छ, जहाँ युवा तथा अनुभवी खेलाडीबीचको समन्वय स्पष्ट रूपमा देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...