नेपाली टोली होराले पब्जी विश्वकप फाइनलमा प्रवेश गर्दै ईस्पोर्ट्समा गर्व थप्यो

Date:

काठमाडौं, साउन १५ — साउदी अरेबियाको राजधानी रियादमा जारी पब्जी मोबाइल विश्वकप २०२५ मा नेपालको होरा ईस्पोर्ट्स टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ग्रान्ड फाइनलमा स्थान बनाएको छ। जुलाई २९ र ३० मा सम्पन्न सर्भाइभल स्टेजमा आफूलाई शीर्ष ८ टिममध्ये राख्दै होराले फाइनल चरणको यात्रा तय गरेको हो।

ग्रान्ड फाइनल साउन १६ देखि १८ गते रियादस्थित बोलिभार्ड सिटीको बीआर अरिनामा आयोजना हुँदैछ, जसमा १६ टोली प्रतिस्पर्धा गर्नेछन्। समूह चरणबाट छनोट हुने ८ टोलीमा इन्डोनेसियाको अल्टर इगो, चीनको फोर थ्राइभ्स, दक्षीण कोरियाको डीआरएक्स, ब्राजिलको अल्फा सेभेन लगायत छन् भने सर्भाइभल चरण पार गरि छनोट हुनेमा टर्की, म्यानमार, साउदी लगायतका टोलीहरू छन्।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ र तीन दिनसम्म १८ खेलहरु गरिनेछन्। साथै, विश्वका ५० भन्दा बढी देशका शीर्ष खेलाडीहरू यसमा भाग लिइरहेका छन्। प्रतियोगिता साउदी सरकारको ‘भिजन २०३०’ पहलअन्तर्गत प्रविधि, खेलकुद र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

होरा ईस्पोर्ट्सको फाइनल प्रवेशले नेपालमा गेमिङ प्रशंसकहरूमाझ उत्साह थपिएको छ। यस विश्वकपमा पब्जी मोबाइलसँगै डोटा २, लिग अफ लेजेन्ड्स, काउन्टर स्ट्राइक, फिफा, फोर्टनाइट र भ्यालोरन्टजस्ता चर्चित खेलहरूले पनि भाग लिएका छन्।

यस अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रायोजक कम्पनीहरू, प्रविधि समूह र गेम डेभलपरहरूले समर्थन गरेका छन् भने विभिन्न मिडिया र स्ट्रिमिङ प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका लागि यो सफलता गेमिङ क्षेत्रमा ठूलो उपलब्धिका रुपमा हेरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...