मदन भण्डारीको तस्बिर र सूर्य चिह्नसहित विद्यादेवी भण्डारीको सन्देशमूलक उपस्थिति

Date:

९ साउन, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेसँगको सम्बन्ध चिसिंदै गएपछि शुक्रबार बबरमहलस्थित एक पार्टी प्यालेसमा विशेष पत्रकार सम्मेलन आयोजना गरिन्।

सम्मेलनको स्थानमा राखिएको ब्यानरमा एमालेको चुनाव चिह्न सूर्य र दिवंगत नेता मदन भण्डारीको तस्बिर देखिनु सम्मेलनको केन्द्रबिन्दु बन्यो।

भण्डारीले दिउँसो ३ बजे आयोजना गरेको पत्रकार सम्मेलनमा “जनताको बहुदलीय जनवाद जिन्दावाद” र “नेकपा एमाले जिन्दावाद” भन्ने नाराहरू उल्लेख गरिएको थियो। यसले उनका भावी राजनीतिक अभिव्यक्तिमा एमालेको विचारधारासँगको भावनात्मक नाता अझै बाँकी रहेको सङ्केत दिएको देखिन्छ।

कार्यक्रममा एमालेका केही कार्यकर्ता तथा धेरै संचारकर्मीहरूको उपस्थिति देखियो। भण्डारीले सार्वजनिक रुपमा आगामी रणनीति के हुनेछ भन्नेबारे औपचारिक धारणा राख्ने बताइएको छ। यद्यपि, एमाले नेतृत्वले उनको सक्रिय भूमिकामा रोक लगाएपछि यस सम्मेलनलाई “राजनीतिक सन्देश दिने प्रयास”का रूपमा हेरिएको छ।

उनको यो कदमले आगामी दिनमा एमालेसँगको सम्बन्ध अझै पेचिलो मोडमा जान सक्ने अनुमान गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...