सर्वोच्चसहित देशभरका १७ अदालतमा आगजनी,फाइलहरूको ठूलो हिस्सा जले

Date:

काठमाडौं, भदौ २५ — काठमाडौंमा मंगलबार भएको प्रदर्शनका क्रममा सर्वोच्चसहित १७ वटा अदालतमा आगजनी र तोडफोड भएको छ। सर्वोच्च प्रशासनका अनुसार, सर्वोच्च अदालतमा १० प्रतिशत फाइल बाहेक सबै चलु फाइल जलेर खरानी भएका छन्।

अग्नि घटना जिल्लास्तरका अदालतमा पनि फैलिएको छ। काठमाडौँ जिल्ला अदालत, चितवन, कास्की, सप्तरी, बाँके, रुपन्देही, पर्सा, मकवानपुर, कपिलवस्तु लगायतका जिल्ला अदालतमा आगजनी भएको छ। यसैगरी, उच्च अदालत तुलसीपुर–बुटवल, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज, उच्च अदालत हेटौँडालगायतमा समेत तोडफोड भएको छ।

सर्वोच्च प्रशासनले एनेक्स भवनबाट चार वटा इजलास सञ्चालन गर्ने तयारी गरिरहेको छ, तर अधिकांश फाइल नष्ट भएकाले बाँकी इजलास कहाँ गठन गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। यस घटनाले देशको न्यायिक कार्यमा ठूलो अवरोध सिर्जना गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...