पूर्वप्रदेश प्रमुख अहिराजमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Date:

काठमाडौं, साउन ४ — मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका छन्। आइतबार उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। प्रहरीले घटनाको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।

राजेश झा मधेश प्रदेशका प्रमुखको रूपमा २०७७ सालको फागुन ७ गते नियुक्त भएका थिए। त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनी प्रदेश प्रमुख बनेका थिए। तर, झा नियुक्त भएको करिब ६ महिनामै शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो।

प्रदेश प्रमुख हुनु अघि झा मधेशवाणी साप्ताहिक पत्रिकामा संलग्न थिए र पत्रकारितासँग सम्बन्धित व्यवसायमा सक्रिय थिए।

उनको पक्राउलाई लिएर मधेशको राजनीतिक वृत्तमा चर्चा चलेको छ। अहिले अनुसन्धानको प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...