काठमाडौं, भदौ २५ — दुईदिनको प्रदर्शन र अस्थिर परिस्थितिका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले आजबाट हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
विमानस्थलले वेबसाइटमा जारी गरेको सूचनामा यात्रुहरूलाई आफ्नो एयरलाइनसँग उडान समय पुष्टि गरी मात्र विमानस्थलमा पुग्न र आवश्यक आधिकारिक कागजातहरू (टिकट तथा परिचय) साथमा राख्न आग्रह गरिएको छ।
सुरक्षा समितिको निर्णयसँगै अब अवतरण र उडान कार्यहरू नियमित रूपमा सञ्चालन हुनेछन्।




