जेनजी आन्दोलनमा जलेका सवारी साधन सिंहदरबारबाट हटाउदै

Date:

काठमाडौं, असोज ३ — भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा आगजनी गरिएका सवारी साधनहरू हटाउन थालिएको छ। विभिन्न मन्त्रालय र कार्यालयमा गरिएको आगजनीमा जलेका सयौं सवारी साधन अहिले नयाँबानेश्वरको वीरेन्द्र सम्मेलन केन्द्रको परिसरमा सारिने तयारी भइरहेको छ।

हाल ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय परिसरमा जलेका गाडीहरू हटाउने काम भइरहेको छ भने केही दिनभित्र सिंहदरबारभित्रका सबै जलेका सवारी साधनहरू हटाइसकिने मन्त्रालय स्रोतले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीहरू हटाउने र क्षतिको मूल्यांकन छिट्टै गर्ने निर्देशन दिएका छन्। उनको निर्देशनमा क्षति भएका भवनको पुनर्निर्माणका लागि अभियान समेत सञ्चालन हुने बताइएको छ।

यस प्रक्रियाले सिंहदरबार परिसरको सफाई र मरम्मतमा मद्दत पुर्याउने र सार्वजनिक कार्यालयहरूको सामान्य गतिविधि पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...