उपनिर्वाचनबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच परामर्श

Date:

६ असार, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगबीच आगामी उपनिर्वाचनका सन्दर्भमा सिंहदरबारमा परामर्श भएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रिय सभा र स्थानीय तहका रिक्त स्थानमा चुनाव गर्न लागिएको विषयमा जानकारी गराएको हो।

बैठकमा आयोगले प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नं. ३, गण्डकी प्रदेशको मनाङ क्षेत्र नं. १(२), तथा स्थानीय तहका १३ वटा रिक्त वडाध्यक्ष पदका लागि कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव राखेको छ। साथै, फागुन २० मा रिक्त हुने राष्ट्रिय सभाका १८ स्थानका लागि पनि समयमै निर्वाचन प्रक्रिया प्रारम्भ गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

प्रधानमन्त्री ओलीले आयोगको तयारीप्रति सकारात्मक प्रतिक्रिया दिँदै निर्वाचन निष्पक्ष, स्वतन्त्र र समयमै सम्पन्न गर्न सरकार पूर्ण रुपमा सहकार्य गर्न तयार रहेको बताए। साथै, आगामी आवधिक निर्वाचनहरूका लागि आवश्यक तयारीहरू अघि बढाउन पनि आयोगलाई सुझाव दिएका छन्। भेटमा आयोगका अन्य आयुक्तहरू र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...