एक सातामा १८० नयाँ डेंगु संक्रमण ; रोकथामका लागि सरकारले थप कदम चाल्यो

Date:

काठमाडौँ, साउन २९ – नेपालमा डेंगुको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशका ७४ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। पछिल्लो सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १० जना संक्रमित पुष्टि भएका छन्।

प्रदेशगत विवरण अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ ८७७ जनामा संक्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा ६१२ र कोशी प्रदेशमा ५१८ जना संक्रमित भेटिएका छन्। पछिल्लो सातामा सबैभन्दा धेरै ४५ नयाँ केस बागमती प्रदेशमा देखिएका छन्।

गृह मन्त्रालय र स्वास्थ्य निकायले जनतालाई लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरी पानी नजम्ने व्यवस्था मिलाउन, मच्छरदानी प्रयोग गर्न र शारीरिक स्वच्छता कायम गर्न सचेत गराउन जारी राखेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...