चीनसँगको छलफलपछि ओलीको भारत भ्रमणमा नयाँ मोड, मिति तोकिन सकेन

Date:

काठमाडौं, भदौ १९ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रण दिइए पनि भ्रमणको मिति अझै निश्चित हुन सकेको छैन। भारतीय विदेशसचिव विक्रम मिश्रीले २ भदौमा काठमाडौं आइपुगी प्रधानमन्त्रीलाई निकट भविष्यमा भारत आउन औपचारिक निम्ता दिएका थिए।

नेपाल र भारत दुबै देशका अधिकारीहरूले भदौ ३१ वा असोज १ को आसपास भ्रमण हुने सम्भावना बताएका भए पनि अहिलेसम्म ठोस मिति घोषणा भएको छैन।

यता, भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेक नाकामार्फत व्यापार सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले त्यसबारे कूटनीतिक नोट पठाएको थियो। प्रधानमन्त्री ओलीले हालै चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग भेटमा सो सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको भूगोलसम्बन्धी प्रमाण पनि प्रस्तुत गरेका थिए। यस संवेदनशील विषयले भारत भ्रमणलाई थप पेचिलो बनाएको विश्लेषण गरिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले भने भ्रमण मिति अझै तोकिएको नभएकाले अन्तिम चरणमा मात्र स्पष्ट हुने बताएका छन्। उनका अनुसार यस्तो उच्चस्तरीय भ्रमण आपसी सहमतिपछि मात्रै निश्चित हुने भएकाले अनावश्यक अड्कलबाजी गर्नु उचित छैन।

यसैबीच, भारतीय मिडियामा सेप्टेम्बरमै ओलीको भ्रमण नहुन सक्ने अड्कलहरू प्रकाशित भएका छन्। द प्रिन्ट लगायतका पत्रिकाले नेपालले उठाएको लिपुलेक सम्बन्धी आपत्तिले भ्रमण तालिकामा असर पार्न सक्ने अनुमान गरेका छन्।

चीनको तियानजिनमा आयोजित शांघाइ कोअपरेशन अर्गनाइजेसन (SCO) को बैठकमा प्रधानमन्त्री ओलीले चीन, रुसलगायतका शीर्ष नेतासँग भेटघाट गरेका थिए। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने औपचारिक भेटघाट नभई केवल जम्काभेट मात्र भएको थियो। यसलाई कतिपयले दुई छिमेकीबीच अझै कूटनीतिक चिसोपना बाँकी रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

नेपाल सरकारका अधिकारीहरूले भने तोकिएको समयमा नै भ्रमण हुने दाबी गर्दै तयारीलाई तीव्रता दिएका छन्। उनीहरूको भनाइमा भ्रमणको एजेन्डामा लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता विवादित भूभाग, संविधान संशोधनपछिको नयाँ नक्सा लगायतका विषय प्राथमिकतामा रहने छन्।

विश्लेषकहरूको भनाइमा, प्रधानमन्त्री ओलीको आसन्न भ्रमण नेपाल–भारत सम्बन्धको दिशा तय गर्ने निर्णायक क्षण बन्न सक्छ। मिति ढिलो भए पनि संवाद निरन्तर भइरहेको र अन्ततः सहमतिपछि भ्रमण सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...