पूर्वराष्ट्रपति भण्डारी वीरगञ्जमा, एमाले निर्देशन विपरीत कार्यकर्ताद्वारा भव्य स्वागत

Date:

१४ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज वीरगञ्जमा आयोजना भएको वृहत महिला सम्मेलनमा सहभागी भएकी छन्।

भण्डारी बिहान सिमरा विमानस्थलमा अवतरण गर्दा एमालेका कार्यकर्ताले ५१ किलो तौलको फूलमालाले उनको स्वागत गरेका थिए। त्यसपछि उनी सडकमार्ग हुँदै वीरगञ्ज पुगेकी हुन्।

यो सम्मेलन वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको हो। एमाले नेतृत्वले आफ्ना नेता तथा कार्यकर्तालाई कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको भए पनि पार्टीकै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जयप्रकाश थारु, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह लगायत नेताहरू कार्यकर्तासहित विमानस्थलमै पुगेका थिए।

यस्तै, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायत स्थानीय नेताहरूले पनि पूर्वराष्ट्रपतिको स्वागत गरेका थिए।

भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत महिला सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी छ्न् र सम्मेलनमा विभिन्न विधामा महिलाहरूलाई सम्मान गरिने तथा महिला सशक्तिकरण विषयमा प्यानल छलफल हुने तयारी रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...