२४ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ। ललितपुरको सुनाकोठीमा रहेको उनको घर जेनजी युवाहरूको समूहले आगो लगाएको हो।
घटनामा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेको बीवाईडी गाडी पनि नष्ट गरिएको छ। प्रदर्शनकारीहरूले सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुने गरी भएको सरकारी दमनको विरोधमा मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन जारी राखेका छन्।
जेनजीहरूले मंगलबार शीर्ष नेताहरूका घर तथा पार्टी कार्यालयहरूलाई निशाना बनाउँदै आगजनी र तोडफोड गरिरहेका छन्।



