प्रभु साह भन्छन्: दुई तिहाई सरकार भएपनि व्यवसायीहरू अझै असुरक्षित

Date:

साउन ३, काठमाडौं — आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका व्यवसायीहरू असुरक्षित बन्दै गएको भन्दै सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले दुई तिहाई बहुमतको सरकार हुँदा हुँदै पनि राजधानीमै व्यवसायीहरूलाई सुरक्षा दिन नसकेको आरोप लगाए।

कोटेश्वरमा आयोजित कबाड व्यवसायीहरूको भेलामा बोल्दै साहले काठमाडौं महानगरपालिकाले अदालतको आदेश उल्लंघन गर्दै कबाड व्यवसायीहरूका पसलमा डोजर चलाएको बताए।

उनले थपे, “काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनमा गरिएको डोजर आतंकले व्यवसायीहरूको परिवार र व्यापार जोखिममा परेको छ, र यस्तो स्थिति स्वीकार्न सकिन्न। यस अवस्थामा व्यवसायीहरूले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्नु पर्ने अवस्था आएको छ।”

साहले भने, “दुई तिहाईको शक्तिशाली सरकार भनिए पनि यो सरकार बिचौलिया र दलालको हितमा मात्रै सीमित देखिएको छ। यहाँ व्यवसायीहरू आफ्नै देशमा असुरक्षित भइरहेका छन्।”

उनले कबाड व्यवसायीको पसल हटाउने महानगरको कदमलाई गुण्डागर्दीको संज्ञा दिंदै अब प्रतिकार नगरी बस्न नसकिने बताएका छन्। साथै, उनले व्यवसायीहरूलाई आफ्नो पेसा, जीविकोपार्जन र परिवारको सुरक्षाका लागि संघर्ष गर्न तयार रहन आग्रह गरे।

साहले वर्तमान सरकारलाई ‘झोले सरकार’ भन्दै आलोचना गरे र व्यवसायीमाथि भइरहेको ज्यादतीविरुद्ध सडकबाटै प्रतिरोध गर्ने चेतावनी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...