काठमाडौं, भदौ २५ — नेपाली सेनाले देशभर बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरेको छ। सेनाको जनसम्पर्क निर्देशनालयले यसबारे औपचारिक रूपमा जानकारी दिएको छ।
आदेश उल्लंघन गर्दै प्रदर्शन, तोडफोड, आगजनी वा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा हर्कत गर्ने व्यक्तिहरूलाई कडा कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।
मंगलबार राति १० बजेदेखि सुरु भएको निषेधाज्ञा आज साँझ ५ बजेसम्म लागू थियो। नेपाली सेनाले सबै नागरिकलाई कर्फ्यूको पालना गर्न, अफवाहमा नपर्न र मात्र आधिकारिक जानकारीमा भरोसा गर्न अपिल गरेको छ।




