मलेसियाली व्यवसायीहरू नेपालमा नयाँ व्यावसायिक अवसर खोज्दै, प्रधानमन्त्रीसँग भेट

Date:

काठमाडौं, २१ असार — प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले नेपालमा लगानीको सम्भावनाबारे छलफल गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मलेसियाको प्याराडाइज्ड ग्रुपका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा २० सदस्यीय टोली सहभागी थियो।

प्रतिनिधिमण्डलले नेपालमा नयाँ व्यवसायिक अवसरहरू पहिचान गर्न, दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्न र नेपालको लगानी वातावरण बुझ्न नेपाल भ्रमण गरेको जानकारी गरायो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले नेपालमा नयाँ व्यावसायिक उद्यम स्थापना गर्न इच्छुक रहेको र दुई देशबीच आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन भ्रमणमा आएको जानकारी गराए। उनीहरूले फोहोर प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन, कृषि, जनशक्ति, कपडा लगायतका क्षेत्रमा लगानी गर्ने उत्सुकता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले विदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले कानुनी तथा संरचनात्मक सुधारहरू गर्दै आएको र आगामी दिनमा आवश्यक सुधार तथा सहजीकरणका लागि व्यवसायीसँग सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरे। भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा पनि सहभागी थिए।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि असार १८ गते काठमाडौं आएको थियो। यस भेटले नेपाल–मलेसिया बीच आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...