साउथेंड एयरपोर्टमा विमानमा आगो लागेपछि उडानहरू रोकियो

Date:

३० असार, काठमाडौं — बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा आइतबार एक सानो विमान दुर्घटनामा परेको छ। उडान थालेको केही सेकेन्डमै विमान जमिनमा खस्दा आगो लागेको थियो। हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

दुर्घटनापछि साउथएन्ड विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। यात्रुहरूलाई आफूले टिकट काटेका एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रत्यक्षदर्शी जोनसनले बीबीसीलाई बताएअनुसार, “विमानले आकाशमा केही समयमै सन्तुलन गुमायो, लगभग उल्टो भएर जमिनमा खस्यो, त्यसपछि ठूलो विस्फोट र बाक्लो धुवाँ देखियो।”

विमानमा कति जना यात्रु थिए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे हालसम्म पुष्टि भएको छैन। विमान किन दुर्घटनामा पर्‍यो भन्ने कारण पनि खुलाइएको छैन।

प्रहरीले हवाई दुर्घटना अनुसन्धान शाखासँग मिलेर अनुसन्धान अघि बढाएको छ। वरिष्ठ प्रहरी अधिकारी मोर्गन क्रोनिनका अनुसार, प्रारम्भिक तथ्य संकलन र पीडितको पहिचान तथा सहयोगमा ध्यान केन्द्रित गरिएको छ। साथै, घटनासम्बन्धी सूचना दिनका लागि ‘मेजर इन्सिडेन्ट पोर्टल’ प्रयोग गर्न आम नागरिकलाई आग्रह गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...