सामाजिक यथार्थ झल्काउने नेपाली फिल्म ‘सिटामोल’ प्रदर्शनको तयारीमा

Date:

काठमाडौं, साउन ७ — सामाजिक यथार्थमा आधारित नेपाली फिल्म ‘सिटामोल’ को ट्रेलर सार्वजनिक भएको छ, जसले पैसाप्रतिको अन्धो मोहले परिवार र समाजमा पार्ने गहिरो प्रभावलाई स्पर्श गर्छ।

जनैपूर्णिमाको अवसर पारेर साउन २३ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मले पारिवारिक उतारचढाव, गरिबी, बेरोजगारी, सरकारी उदासीनता र सामाजिक संरचनाभित्र गढेको भ्रष्ट प्रणालीमाथि कटाक्ष गरेको छ।

फिल्ममा अभिनेत्री बेनिशा हमाल पैसाप्रति अत्यधिक आकर्षण राख्ने पात्रको भूमिकामा देखिएकी छन्, जसको लोभले परिवारलाई आर्थिक संकटमा धकेल्छ। सौगात मल्लले एक अशक्त तर गम्भीर चरित्र निभाएका छन्, जसको पहिरनले पूर्व माओवादी लडाकु भएको आभास दिलाउँछ, यद्यपि उनको भूमिकाबारे ट्रेलरले स्पष्ट खुलासा गर्दैन।

३ मिनेट २० सेकेण्डको ट्रेलरले हास्य, व्यंग्य र सामाजिक संवेदना मिसाएर कथा प्रस्तुत गर्छ। सटिक संवाद, पारिवारिक टकराव र हाँस्यरसले दर्शकलाई मनोरञ्जन मात्र होइन, सोच्न बाध्य बनाउने प्रयास गरिएको छ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रमा बेनिशा र सौगातसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, सुशील पोखरेल, काजल भुजेललगायतको अभिनय रहेको छ। फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने सिमोस सुनुवार प्रस्तुतकर्ता हुन्।

निर्माण पक्षबाट तुलसीदेवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा फिल्म निर्माण गरिएको हो। सामाजिक सन्देश बोकेको ‘सिटामोल’ ले दर्शकलाई गम्भीर विषयवस्तुलाई हल्का तर प्रभावशाली ढंगले बुझाउने प्रयास गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...