काठमाडौं — इंग्लिस क्लब चेल्सीले क्लब वर्ल्डकप २०२५ को उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भएको छ। आइतबार अमेरिकास्थित मेट लाइफ स्टेडियममा भएको फाइनलमा चेल्सीले फ्रेन्च जायन्ट पेरिस सेन्ट-जर्मेन (पीएसजी)लाई ३–० को प्रभावशाली अन्तरले हरायो।
फाइनलमा कोल पाल्मेर चम्किँदै दुई गोल गरे र अर्को गोलमा समेत निर्णायक पास दिए। उनले खेलको २२ औं र ३० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने, पहिलो हाफको अन्तिमतिर जाओ पेड्रोले तेस्रो गोल थप्दै जित सुनिश्चित गरे।
पीएसजीका लागि यो फाइनल निराशाजनक रह्यो। खेलको ८५ औं मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि उनी १० खेलाडीमा सीमित भयो, जसले चेल्सीको जितलाई झन सहज बनायो।
यसअघि सन् २०२१ मा पनि चेल्सीले क्लब वर्ल्डकप जितेको थियो, र यो उपाधि उसले दोस्रो पटक जितेको हो।



