नेदरल्याण्ड चुनावअगाडि हिंसात्मक प्रदर्शन, राजमार्ग बन्द र आगजनी

Date:

काठमाडौं, असोज ५ — नेदरल्यान्डको द हेगमा आप्रवासन नीति र बढ्दो शरणार्थी संख्या विरोधमा शनिबार हजारौँ प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन गरेका छन्। स्थानीय प्रहरीले अश्रुग्यास र पानीको फोहोरा चलाएर प्रदर्शनकारीलाई तितरबितर पार्नुपरेको थियो। यस क्रममा ३० जना पक्राउ परेका छन् भने दुई प्रहरी सुरक्षाकर्मी घाइते भएका छन्।

शनिबार भएको यो प्रदर्शन नेदरल्यान्डमा आगामी अक्टोबर २९ का लागि तय गरिएको आमनिर्वाचन अघि भएको छ।

सन् २०८२ मा नेदरल्यान्डमा करिब ४४ हजार ५५ जना शरणार्थीहरु र उनका परिवार सदस्यहरु आएका छन्। तीमध्ये करिब ४४ प्रतिशत सिरियाबाट आएका छन् भने बाँकी इराक, टर्की, इरिट्रिया र यमनबाट आएका छन्। प्रदर्शनकारीहरूले डच झण्डा र दक्षिणपन्थी समूहका झण्डा बोकेर प्रहरीसँग झडप गरेका थिए। उनीहरूले ढुङ्गा र बोतल प्रहार गरेका हुन् भने एक प्रहरीले गाडीमा पनि आगजनी गरिएको थियो।

हिंसात्मक प्रदर्शनले राजमार्ग केही समयकालागि बन्द भएको थियो। प्रदर्शनकारीहरूले सेन्टर-लेफ्ट डट पार्टीका मुख्यालयका झ्याल फुटाएका थिए। डटका पार्टीका नेता रोब जेतेनले गृहमन्त्रालयलाई चेतावनी दिदै भने कि कुनै पनि चरमपन्थी हुलदंगाकारीलाई देश कब्जा गर्न दिने छैनन्।

यो घटनाले नेदरल्यान्डमा बढ्दो शरणार्थी विरोधी भावना र दक्षिणपन्थी राजनीतिक समूहहरूको सक्रियता प्रष्ट पारेको छ। आगामी निर्वाचनमा यस विषयले राजनीतिक माहोलमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...